मुस्ताङ जिससमा एमालेको प्यानल निर्विरोध निर्वाचित

नेपाल अल न्युज
  • ख-
  • ख+

पोखरा – जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ र कांग्रेसको ३ मत छ ।

एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ । एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalallnews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी