
गायिका इन्दिरा जोशी भोली विवाह बन्धनमा बाँधिदैछिन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गर्न लागेकी हुन् ।
२०७८ असोज ८ गते शुक्रबारको दिन हेलिकोप्टरमा खुम्बु क्षेत्र पुगेर उनीहरूले सुटुक्क इन्गेजमेन्ट गरेका थिए । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।
‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली..बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर छन्।
फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो। व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ। उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत उनीहरूका निकटवर्तीहरू बताउँछन्।
आइतबार इन्दिराको मेहेन्दी उत्सव भएको थियो । इन्दिराले मेहेन्दी उत्सवका केही तस्वीहरू सार्वजनिक गरेकी हुन् ।