
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको प्रसंसा गरेका छन् ।
उनीहरुजस्ता मान्छे आफ्नो पार्टीलाई मात्र नभएर सबै पार्टीलाई आवश्यक रहेको भन्दै रविले प्रसंसा गरेका हुन् ।
शुक्रबार रिपोर्टस् क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले बालेन साह र हर्कलाई आफ्नो पार्टीमा आउन आग्रह गरे । उनले भनेका छन् उहाँहरुलाई ल्याउने हाम्रो प्रयास जारी छ ।
पछिल्लो समय पार्टीमा आउनेबारे कुराकानी भएको छैन । उहाँहरुलाई स्वागत गर्न आतुर छौँ । उनले बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको बताउँदै उनीहरुलाई काम गर्न दिनुपर्ने लामिछानेले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह सुझाव दिन आफूहरु २४ घण्टा तयार हुने उनले बताए ।