
पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ३ः ५६ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो।
स्थानीयवासीले भूकम्पको धक्का गण्डकी प्रदेशको पर्वत, म्यादी, बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरेको बताएका छन्। भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।