यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

नेपाल अल न्युज
  • ख-
  • ख+

महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरू यो तथ्य थाहा पाउन हर सम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकांश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।

हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।

लाइभ साइन्स नामक वेबसाइटमा प्रकाशित शोध अनुसार अत्यधिक प्रजनन क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।

स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका शोधकर्ताले गरेको अध्ययन अनुसार पुरुषको प्रजनन क्षमता अनुसार उनीहरूप्रति महिलाको आकर्षण हुन्छ ।

यद्यपि प्रजनन क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण वैवाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।

खासमा महिलाले सेक्सको लागि भने प्रजनन क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरूले फरक हिसाबले गर्छन् ।

मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिका:

शोधका क्रममा प्रतियोगी महिलाले उनीहरूको मासिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरूको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजनन क्षमता भएका र जीवन बिताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरूको भनाइ थियो ।

 

पुरुषको से$स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।

शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा से$स हर्मोन र उनीहरूको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ । पुरुषमा हुने टेस्टोरोन नामक से$स हर्मोन महिलालाई आकर्षित गर्ने मुख्य कारण हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalallnews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी