स्कुल इन्डोर क्रिकेट लिगको उपाधि डीएभीलाई

नेपाल अल न्युज
  • ख-
  • ख+

ग्रेट हिमालय क्रिकेट एकेडेमीद्वारा आयोजित स्कुल इन्डोर क्रिकेट लिगको पहिलो संस्करणको उपाधि डीएभी स्कुलले जितेको छ ।

ललितपुर हात्तीवनमा सम्पन्न फाइनामा डीएभीले मोक्षदा स्कुललाई रोमान्चक खेलमा ३ रनले पराजित गर्‍यो । १०८ रनको लक्ष पछ्याएको मोक्षदाले निर्धारित १० ओभरमा ६ विकेट क्षतिमा १०४ रन मात्र बनायो ।

 

डीएभीको जितमा प्लेयर अफ द म्याच घोषित आदर्श अग्रवालले अलराउण्ड प्रदर्शन गर्दै २९ रन बनाउनुको साथै २ विकेट पनि लिए । यस्तै इशु देओले २९ रन बनाए । मोक्षदाका रोहित शर्माले मात्र १५ बलमा ५३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन ।

बुधबारनै सम्पन्न सेमिफाइनलमा डीएभीले युनाइटेड स्कुललाई ५९ रनले तथा मोक्षदाले अक्षरा स्कुललाई २० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी डीएभीका आदर्श अग्रवाल घोषित भए । यस्तै उत्कृस्ट ब्याट्सम्यान मोक्षदाका संयम नेपाल तथा उत्कृस्ट बलर मोक्षदाकै इशान शाह घोषित भए ।

तिन दिन चलेको प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काभ्या स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डीएभी स्कुल गरि उपत्यकाका १० टिमहरु सहभागी रहे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepalallnews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी