
भायानेट कम्युनिकेसन प्रा. लि.ले मासिक रु ९९९ मा २०० एमबीपीएसको इन्टरनेट उपलव्ध गराउने भएको छ ।
ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेटले उच्च गति र उच्च-गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले अल्ट्रा-फाई लाइनका प्रोडक्टहरूमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
वार्षिक प्याकेज लिनेहरूले मासिक रु ९९९ तिर्दा २०० एमबीपीएसको इन्टरनेट सुविधा उलव्ध गराइने भायानेटकी सिइओ सेवा पाठकले केटिएम दैनिकलाई बताइन् ।
१७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डलको लागि भने मासिक रु. ११०० दिर्नुपर्ने हुन्छ ।
यी दुवै योजनाहरूमा मात्र रु. ५०० थप गर्दा डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र सेट टप बक्स प्राप्त गर्न सकिनेछ।
अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रति महिना र १५०० मा उपलव्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । थप जानकारी तलको लिंकमा उपलव्ध छ ।